समाचार

विश्वकप फुटबलको सेमिफाइनल खेलमा आज फ्रान्स र मोरक्को भिड्दै



काठमाडौँ, २८ मंसिर । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।