राजनीति

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा



काठमाडौँ, २८ मंसिर । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।