काठमाडौँ, २९ मंसिर । पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसका कारण वर्षा र हिमपात भएको छैन ।
विभागका अनुसार आज बिहान तराई भूभागको केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राति लुम्बिनी प्रदेशका साथै प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्