समाचार

माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे मृत्यु



सर्लाही, २९ मंसिर । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–९ खोरियाटोलकाे मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नम्बरको मोटरसाइकल र बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१त २४४० ट्र्याक्टर ठाेक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षका उदयकुमार साहको मृत्यु भएको हाे ।

दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।