राजनीति

उत्कृष्ट कार्य गरे वापत महाप्रवन्धक न्यौपानेको पदावधी थप



काठमाडौँ, २९ मंसिर । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको समायवधी थप गरिएको छ । बन्द हुने अवस्थामा पुगेको उद्योगलाई अहिले नाफामा लैजान सफल हुनुभएकोले उहाँलाई एक वर्षको लागि थप गरिएको हो ।

उद्योगको लागि २४ सैं घण्टा खटेर कार्य गरिरहेको प्रसंसा गर्दै सरकारले उहाँलाई आगामी २०८० साल पौष २० गतेसम्मको लागि थप पदावधि कायम भएको हो । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको मंसिर २८ को पत्र अनुसार नेपाल सरकार (मन्त्री परिषद्को) निर्णयानुसार न्यौपानेको कार्यकाल एक वर्ष थप गरिएको बताइएको छ । एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले खुल्ला प्रतिष्पर्धा मार्फत दुई वर्ष अघी २०७७ साल पौष २० को मन्त्रीपरिषद्को निर्णयबाट उदयपुर सिमेण्ट उद्योगको महाप्रवन्धक पदमा दुई वर्षको कार्यकालको लागि न्यौपानेलाई नियुक्त गरेको थियो । दुई वर्षे कार्यकालका लागि नियुक्त हुनुभएका महापवन्धक न्यौपानेको दुई वर्षको कार्यसम्पादन उत्कृष्ट भएको भन्दै एक वर्षको म्याद थप गरि तीन वर्ष कायम गरिएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

महाप्रवन्धक न्यौपाने २०७७ माघदेखि लगभग बन्द जस्तै अवस्थामा पुगेको उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धक भएर आएपछि उद्योग सूचारु रुपमा संचालन भएको छ र चालू आर्थिक वर्षको प्रथम १० महिनामा उदयपुर सिमेन्ट उद्योगले आफ्नो लक्ष्य समेत हासिल गर्न सफल भएको थियो । शुसाशनलाई पहिलो प्राथमिकता दिई उद्योगको नेतृत्व गर्नुभएका न्यौपानले छोटो समयमा नै उद्योेगलाई पूर्ण रुपमा चालु अवस्थामा पुर्याउने भएको छ । वार्षिक रुपमा करोडौं घाटामा हुने गरेको उद्योगलाई न्यौपानले हाल नाफामा लैजानुभएको छ । उक्त उद्योग नाफामा गएसँगै उद्योग, उद्योगका कर्मचारीलाई मात्र नभई सरकारको आर्थिक अवस्थालाई समेत सुधार हुने बताइएको छ ।

माछापुच्छ्रे बैंकको संचालक, चौधरी ग्रुपको जनरल मेनेजर, कानुन व्यवसायी, लेखापरीक्षक, हिलसाइड कलेज अफ इन्जिनियरिङका मेनेजिङ्ग डाइरेक्टर लगायत एक दर्जन भन्दा बढी संघसंस्थामा कुशल जिम्मेवारी पुरा गरेर अनुभवी हुनुहुन्छ । उहाँले उद्योगको नेतृत्व गरेपछि विभिन्न प्रकारका सामाजिक, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरुमा उद्योगको तर्फबाट विभिन्न प्रकारका सहयोग समेत गरि उद्योगले सामाजिक क्षेत्रमा समेत उत्कृष्ट कार्य गर्नुभएको छ । कर्मचारीको क्षमता अभिवृद्धि, सीपमुलक तालिम लगायतका कार्यहरुले गर्दा उहाँ कर्मचारीको रोजाईमा समेत पर्नुभएको छ ।