काठमाडौँ, १ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष लिङदेनले आज राजा महेन्द्रलाई सम्झिने दिन भन्दै फोटो राखेका छन् ।
विस २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेको दिनको अवसर पारेर लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् । लिङदेनले लेखेका छन् ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली ।’










प्रतिक्रिया दिनुहोस्