समाचार

सुनका गहना चोरेको आरोपमा एक महिला पक्राउ



पोखरा, १ पौष । पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन

कास्की प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई पक्राउ गरेको हो । उनले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको पाइएको छ ।

उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको आरोप छ । श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।