कञ्चनपुर, १ पौष । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका बैज महेन्द्रनगरमा रहेकाे कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत् कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।










प्रतिक्रिया दिनुहोस्