समाचार

भक्तपुरमा एक पुरुष मृत अवस्थामा फेला



भक्तपुर, १ मंसिर । भक्तपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीस्थित खाली जग्गामा हाल नाम, थर नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मृतकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।