अर्थ

समयमै बजेट नल्याउने ८ स्थानीय तहलाई संघीय सरकारको ताकेता



काठमाडौँ, ३ पौष । चालु आर्थिक वर्ष (आव) को ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।

नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न/गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । चालु आवमा सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँ/नगरसभाले असार मसान्तसम्म आगामी आवको बजेट पारित गरिसक्नु पर्छ ।