समाचार

बलात्कारको आरोपमा एक जना पक्राउ



भोजपुर, ६ पौष । भोजपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा षडानन्द नगरपालिका–९, तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । शेर्पाविरुद्ध १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।