समाचार

आजको मौसम



काठमाडौँ, ७ पौष । आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको छ । आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्स र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै भइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।