Banner News

शपथग्रहनसँगै सांसदहरुले पाए संसद्को लोगो



काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गर्नुभएको छ । आज दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुग्नुभएको थियो ।

सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ । संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह हुने भएको हो । उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।