Banner News

सरकारका लागि मरिहत्ते गर्दैनौँ, गठनबन्धन टुटे अघि बढ्छौँ : अध्यक्ष ओली



काठमाडौं, ७ पौष । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मरिहत्ते नगर्ने बताएका छन् ।

आज बिहान बालकोटमा बसेको सचिवालय बैठकमा ओलीले सत्ता गठबन्धन टुटे मात्रै आफूहरु अघि बढ्ने बताएका हुन् । नेकपा (एमाले)ले सरकार गठनका सन्दर्भमा पर्ख र हेरको नीति लिने भएको छ । सत्तारुढ गठबन्धनको अवस्था हेरेर मात्रै सरकार गठनमा अघि बढ्ने एमालेको तयारी छ ।

“हामी सरकारका लागि मरिहत्ते गर्दैनौँ । सत्ता गठनबन्धनको अवस्था हेर्छौँ । गठबन्धनले के गर्छ ? गठबन्धन टुटेमात्रै हामी अघि बढ्छौँ,” ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।