काठमाडौँ, ९ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको बताएका छन् ।
आज एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आायाेजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डले निर्णय गर्न ढिला गरेको बताए ।
उनले भने, ‘पुष्पकमल दाहालजी प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाई लाग्छ उहाँले निर्णय गर्न ढिला गर्नुभयो ।‘ ओलीले संस्कृतको एउटा नीति श्लोक सुनाउँदै जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने बताए ।










प्रतिक्रिया दिनुहोस्