राजनीति

गठबन्धन टुट्न हुँदैन भनेका नेताहरुले बिहान एकाएक कुरा फेरे: रामचन्द्र पौडेल



काठमाडौं, १० पौष । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुट्नुमा सभापति शेरबहादुर देउवाकै कमजोरी भएको टिप्पणी गरेका छन् ।

उनले सभापति देउवालाई पार्टीभित्रबाट कुनै त्यस्तो दबाब थिएन जसरी गठबन्धन एकाएक टुट्यो । उनका अनुसार सभापतिलाई पार्टीभित्रबाट दबाब नभएको र छलफलमै रहेका पार्टीका नेताहरुले पनि हिजो बेलुकासम्म गठबन्धन टुट्न हुँदैन भनेका तर बिहान एकाएक कुरा फेरेको बताएका छन् ।