राजनीति

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक



काठमाडौँ, १२ पौष । नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पुस २२ गते बीपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।