राजनीति

बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान



हेटौंडा, १४ पौष । बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।