समाचार

अवैध मोबाइल नियन्त्रण गर्न आजदेखि एमडीएमएस लागू



काठमाडौँ, १५ पौष । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणाली आज मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा एमडीएमएस सञ्चालनमा ल्याउन लागेको र उक्त प्रणालीमा आफ्ना मोबाइलहरु दर्ता गर्न भनेकोछ ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका मोबाइलहरुलाई आगामी दिनमा अवैध घोषणा गरेर ग्रे लिस्टमा राख्ने छ र त्यसपछि छानबिन गरेर ब्ल्याकलिस्ट गर्ने छ। सरकारले भन्सार छलेर राजस्व नतिरिकन अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको हो ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो । प्राधिकरणको सूचनाअनुसार आज पुस १५ गतेदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।