समाचार

हात्तीकाे आक्रमणबाट १ जनाकाे मृत्यु



झापा, १७ पौष । झापामा हात्तीकाे आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा चार वटा हात्तीको समूहले घर भत्काउँदा टाउकोमा ब्लकले लागेर कृष्णकुमारी भण्डारीको मृत्यु भएको हो ।

हात्तीले घर भत्काउने क्रममा शान्तिराम भण्डारी र उनकी श्रीमती कृष्णकुमारी भण्डारी घाइते भएका थिए । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा श्रीमती कृष्णकुमारी भण्डारीको मृत्यु भएको हो । शान्तिराम भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।