राजनीति

कांग्रेसद्वारा केन्द्रीय सदस्य श्रेष्ठसहित ८ जनालाई कारबाही



काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सहित ८ जनालाई नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले कारबाहीको सिफारिस गरेको छ । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरुलाई पार्टीको उम्मेदवार विरुद्ध लागेको आरोप छ ।

कारबाही सिफारिस भएकामा महासमिति सदस्य ईश्वर पाण्डे, महासमिति सदस्य प्रेमकुमार खत्री, महाधिवेशन प्रतिनिधि चेतबहादुर अधिकारी रहेका छन् । नेपाल तरुण दलका जिल्ला कार्यसमिति सचिव चित्र भट्ट, नेपाली कांग्रेस गाउँपालिका पार्टी सदस्य विदेश नराल, क्षेत्रीय प्रतिनिधि भिमप्रसाद अर्याल, गण्डकी प्रदेश समिति सदस्य श्यामप्रसाद लामिछानेलाई कारबाहीको सिफारिस गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएको थियो । पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भएको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको बताइएको छ । गाउँ गाउँमा आधिकारिक उम्मेदवारलाई भोट नहाल्न भनेको, सामाजिक सञ्जालमा तथानाम लेखेको लगायत उजुरीपछि कारबाहीकालागि सिफारिस गरिएको अनुशासन समितिले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।