अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २१ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।