काठमाडौँ, २० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीबीच भेटवार्ता भएको छ ।
राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न आज बिहान बालुवाटार पुगेको हो । भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको छ ।
राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्