काठमाडौँ, २१ पौष । सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।
नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ । सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन् । गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ ।
बुधबार बालुवाटारमा बसेको बैठकमा पनि न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो । बिहीबार मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गरिने तयारी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्