काठमाडौँ, २१ पौष । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका गएका छन् ।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा उनी नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुने छन् । पोखरेलले महाधिवेशनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् ।










प्रतिक्रिया दिनुहोस्