समाचार

दादुराका लक्षण देखिएका शिशुको मृत्यु



बाँके, २१ पौष । बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो ।

उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दका अनुसार शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ती शिशुमा दादुराको लक्षण देखा परेको उनले बताए ।

ज्वरो आउने, शरिरका विभिन्न भागमा राता-राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेका थिए ।