समाचार

आजको मौसम



काठमाडौँ, २२ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागिरहेको छ ।

आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ ।