समाचार

लागुऔषधसहित चार जना पक्राउ



झापा, २२ पौष । दमकबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ करीब ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेबाछ सोही ठाउँका ३६ वर्षीय सन्तोष राजवंशीको घरबाट राजवंशीसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य तीन जनामा सोही ठाउँका ३६ वर्षीय लिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नं १ का ३१ वर्षीय सन्दिप लिम्बु रहेका छन । लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को १४ प ७७८४, मे ८ प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।