काठमाडौँ, २२ पौष । मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने सरकारले निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि बताए ।
१७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्