समाचार

बालिका बलात्कार आरोपमा एक जना पक्राउ



दाङ, २२ पौष । जिल्लाको लमही नगरपालिका ९ बस्ने २२ वर्षीय अनोवरकुमार यादवलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।