अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, २४ पौष । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज रातिदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ ।