अर्थ

बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकिङ क्षेत्रको मर्जरले आर्थिक समृद्धिमा सहयोग गर्ने बताएका छन् ।

आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो ध्यान देशको आर्थिक समृद्धिमै रहेको बताए ।

उनले निजी क्षेत्रले सहयोग गरे यो सरकारकै समयमा आर्थिक समृद्धि हाँसिल हुने बताएका छन् । यसका लागि गभर्नर र अर्थमन्त्रीसँग दैनिक छलफल गर्दै आएको उनले बताए ।