राजनीति

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: व्यवस्था पुनरावलोकन आवश्यक छ



काठमाडौँ, २७ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताएका छन् ।

शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन् । शाहले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने बताएका हुन् । उनले वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँद गएको बताएका छन् ।