समाचार

रोजगारीको विज्ञापन देखाउँदै ठगी गर्ने पक्राउ



काठमाडौँ, २७ पौष । सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन गरी ठगी गर्ने सुर्खेत भेरीगंगा नगरपालिका ३ घर भई काठमाडौं नागार्जुन नगरपालिका ४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई पक्राउ गरेको हो ।

फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरुको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरुकै मोबाईल बैकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।