झापा, ३० पौष । झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा आज दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको हो ।
प्र-१-०१-००१ त ८९५९ नं. को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर खातीको ४ वर्षीय छोरा फडिन्द्र खातीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक पाँचथर हिलिहाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय विवेक मेनेङ्बो लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










प्रतिक्रिया दिनुहोस्