काठमाडौँ, २ माघ । अत्यन्तै प्रतिकूल अवस्थालाई अनुकूलतामा बदलेर प्रधानमन्त्री चयन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना । तपाईं प्रधानमन्त्री भइरहँदा देशमा एक प्रकारको सकारात्मक कम्पन पैदा भएको छ । अत्यन्तै कम व्यक्तिले जीवनमा मुस्किलले एकपटक पाउने अवसर तपाईंले तेस्रो पटक पाउनुभएको छ। यो अवसरलाई राजनेताका रूपमा स्थापित हुने गरी प्रयोग गर्न तपाईंलाई शक्ति र सामथ्र्य प्राप्त होस् र देश र जनताले तपाईंप्रति गौरव गर्न सक्ने काम गर्ने सफलता तपाईंलाई मिलोस्।
तपाईंले केही गर्न चाहना राख्नुभयो भने सारा देशले साथ दिनेछ। पार्टी घोषणापत्र र तपाईँले सचिवहरूलाई जारी गरेका निर्देशन हेर्दा र अनुगमनका नाममा तपाईंका मन्त्रिमण्डलका सदस्यहरूको चौकीदारको जस्तो हर्कत देख्दा यो कार्यकाल सामान्यभन्दा माथि हुन्छ भनेर अनुमान गर्न त मिल्दैन तर तपाईं स्वयं समाजको उत्पादन सम्बन्ध बदल्ने अठोटका साथ क्रान्तिमा होमिएर देशको नेतृत्वमा आउनुभएको र तपाईंको सहयात्री एमालेले पनि परिवर्तनको सन्देश दिन खोजेको देख्दा केही आश लागेको छ।
संविधानले समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको भए पनि तपाईंको पार्टी, स्थानीय सरकार, प्रदेश सरकार, विश्वविद्यालय र नागरिक समाज समाजवाद भनेको के हो, यसको आर्थिक सामाजिक विकासको मोडेल के हो र कस्तो हुन्छ ? समाजवादको आधार कसरी निर्धारण गर्ने ? हाम्रा ऐन/नियम/कानुनहरूले समाजवादको प्रवर्द्धन गर्दै छन् कि घाँटी निमोठेका छन्रु भन्ने जानकारी राख्ने जनसमुदाय न्यून छ भने मिडिया, राजनीतिक पार्टीहरू र बौद्धिक सभाहरूमा विगत दश पन्ध्रदेखि नै बहस भएका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्