समाचार

विद्यालयबाट घर फर्कँदै गरेकी बालिका मृत फेला



खोटाङ, २ माघ । खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज साेमवार बिहान घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् ।

आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकाेजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने प्रहरीले जनाएको छ ।

मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् ।