राजनीति

सुदूरपश्चिमका सभामुख भण्डारीद्वारा पदभार ग्रहण



धनगढी, ३ माघ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिदै पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका हुन् । पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ ।