काठमाडौँ, ४ माघ । अर्थमन्त्री विष्णु पौडेलले अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको बताएका छन् ।
काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले उत्पादन क्षेत्रमा बजेट बढाउने बताए । सरकारले सांकेतिक रूपमा यस्ता निर्णय गरेको भन्दै अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती रहेको बताए ।
उत्पादन वृद्धि, रोजगार वृद्धि र निर्यात बढाउन सरकारले काम गर्ने पनि उनले बताए । उनले भने, “निजी क्षेत्रलाई बन्देज लगाएर सरकार अगाडि बढ्दैन । हामी तपाईंंहरूका सहयात्री हौं,” “निजी क्षेत्रले पनि सरकारका समस्या बुझ्नुपर्छ । सरकारलाई सहयोग गर्नु पर्छ ।”










प्रतिक्रिया दिनुहोस्