अर्थ

घट्यो उद्योग दर्ता : वैदेशिक लगानी ५० प्रतिशतले कमी



काठमाडौँ, ५ माघ । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको छ । गत आर्थिक वर्षमा सुरुका ६ महिनामा भएका उद्योग दर्तासँग तुलना गर्दा यो वर्ष कम देखिएको हो ।

उद्योग दर्ता घटेसँगै वैदेशिक लगानी प्रतिबद्धतामा पनि झन्डै ५० प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार पुससम्ममा १ सय ४५ उद्योग दर्ता भएका छन् । यी उद्योगका लागि १ खर्ब ३९ अर्ब प्रस्तावित लगानी स्वीकृत गरिएको छ ।

अघिल्लो आवको सोही अवधिमा १ सय ५५ उद्योग दर्ता भएका थिए । त्यसबेला यी उद्योगहरुले १ खर्ब ९० अर्ब लगानी गर्ने भनेका थिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।