काठमाडौँ, ७ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन् । सोही बेहोराको निवेदन उनले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिए । निवेदनको बेहोरा सुनाउँदै उनले भने, ‘कानुन अनुसार नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस् ।’ उनले कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै आपत्ती जनाए । सांसद सुवालले भने, ‘प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता नलिएसम्म कांग्रेसलाई प्रमुख विपक्षी दल भन्न मिल्दैन ।’
सांसद सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन माग गर्दा दिएको आधार हो– संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको (पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ।










प्रतिक्रिया दिनुहोस्