काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, “हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने ?” ।
आत्मदाहको प्रयास गर्ने ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्