काठमाडौँ, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु दुखद भएको उल्लेख गरेका छन् । उनले भनेका छन् -‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सके न। यसमा हामी दोषी छौँ, म दोषी छु’ ।
प्रतिक्रिया दिनुहोस्