समाचार

६ जना थुनुवा फरार



जनकपुरधाम, १६ माघ । धनुषामा ६ जना थुनुवा फरार भएका छन् ।

धनुषाका प्रहरीका अनुसार आइतबार राति दुई बजेदेखि चार बजेको बीचमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका हुन् ।

दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको छ ।