काठमाडौँ, १८ माघ । देशका पहाडी भू–भागहरूमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू–भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्