राजनीति

सर्वोच्चमा मुद्दा परेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना प्रक्रिया रोकियो



काठमाडौँ, २० माघ । चिकित्सा शिक्षा स्नातकोत्तर तहको कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको छ ।

म्याचिङ प्रक्रियाका सम्बन्धमा सर्वोच्चमा रिट परेपछि उक्त प्रक्रिया स्थगित गरिएको थियो । म्याचिङ प्रक्रिया रोकिएसँगै कक्षा प्रारम्भ गर्ने कार्यपालिका समेत प्रभावित बनेको हो । आयोगले ६ पुस २०७९ मा म्याचिङसम्बन्धी कार्यतालिकाको सूचना प्रकाशित गरेको थियो । सोही आधारमा २२ माघ २०७९ देखि कक्षा प्रारम्भ गर्ने कार्यपालिका थियो । तर, सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन भन्दै अन्तरिम आदेश दिएपछि कार्यपालिका प्रभावित भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

१७ पुसमा सर्वोच्च अदालतले म्याचिङ प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चमा उक्त विषय हाल विचाराधीन अवस्थामा रहेको भन्दै आयोगले कक्षा प्रारम्भ गर्ने कार्यपालिका स्थगन गरिएको जनाएको हो ।