समाचार

७ अर्बमा निर्वाचन सकियो, वाँकी सरकारलाई फिर्ता गर्छौंः आयुक्त थपलिया



काठमाण्डौ,२० माघ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यसपटकको निर्वाचन सम्पन्न गरेको बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन खर्चिलो भयो भन्नेबारेमा बारम्बार प्रश्न उठ्ने गरेको तर नेताहरूबाट नै निर्वाचन खर्चको पद्धति मिचेर गल्ती गरिरहेको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसहित ७ अर्ब रुपैयाँमा निर्वाचन सकेको उनले बताए । आयोगले मतदाता, कर्मचारी, मतदानस्थल र यो बीचमा वृद्धि भएको तलबभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहितलाई मध्यनजर गरी १० अर्बको अनुमान गरे पनि ३ अर्ब सबै निर्वाचन सकेर फिर्ता गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न २०७४ सालमा भएको खर्च र यो वर्ष मतदाता, कर्मचारी, मतदान स्थल बढे र यो बीचमा वृद्धि भएको तलबभत्तासहितका अनिवार्य तिर्नुपर्ने खर्चसहित १० अर्बको अनुमान गरेका थियौ । थपलियाले भने १० अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३ अर्ब फिर्ता गर्ने उनले जानकारी गराए ।