काठमाडौँ, २१ माघ । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक आव्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ । सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैन ।










प्रतिक्रिया दिनुहोस्