राजनीति

प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने



काठमाडौँ, २१ माघ । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने भएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा प्रारम्भिक छलफल गरेर भोलि आइतबार बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताउनुभयो । उहाँले सबै विपक्षीदलसँग सल्लाह गरेर साझा उम्मेदवार उठाउने बताउनुभयो ।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए । बैठक आइतबार फेरि बस्नेछ । माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचन हुँदैछ ।