काठमाडौँ २१ माघ । राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि भोली मनोनयनपत्र दर्ता गरिँदै छ । दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
भोलि नै उमेदवारको नामावली प्रकाशन गरिनेछ । सोमबार पर्सि निर्वाचन गरिने तय छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी निर्धारण गरेका छन् ।
त्यसपछि उमेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुनेछ । सो छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।
04 February 2023 17:12 PM










प्रतिक्रिया दिनुहोस्